चितवन-३ मा दिनेश कोइराला अगाडि, पछ्याउँदै माओवादीका भोजराज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चितवन-३ मा दिनेश कोइराला अगाडि, पछ्याउँदै माओवादीका भोजराज


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । चितवन-३ बाट पछिल्लो मतपरिणाम प्राप्त भएको छ। ३ हजार १७ मत गणना हुँदा नेपाली काँग्रेसका बागी उम्मेदवार दिनेश कोइराला अगाडि छन्।

अहिलेसम्मको परिणामअनुसार स्वतन्त्र उम्मेदवार कोइरालाले ८९३ मत ल्याएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारीले उनले पछ्याइरहेका छन्। अधिकारीले ६७१ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले ६५२ मत प्राप्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस