काठमाडौँका ४ क्षेत्रमा घण्टीको अग्रता, एउटामा कडा टक्कर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँका ४ क्षेत्रमा घण्टीको अग्रता, एउटामा कडा टक्कर


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये चारवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।

घण्टी चिन्ह लिएर चुनावमा गएको स्वतन्त्र पार्टीले काठमाडौँका २, ६, ७ र ८ नम्बर क्षेत्रमा अग्रता कायम गरेका हुन्।

काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छिन्। उनले १६९ मत पाएकी छिन्।

त्यस्तै एमालेका मणिराम फुयालले १०९, गठबन्धकी ओनसरी घर्ती ८१ र राप्रपाकी कुन्ती पोखरेलले ७८ मत पाएकी छिन्।

त्यस्तै काठमाडौँ ६ मा पनि स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता कामय गरेका छन्। उनले १७२ मत ल्याउँदा एमालेका सर्वेन्द्र खनालले १४३, गठबन्धनका भीमसेन दास प्रधानले १०८ मत पाएका छन्।

काठमाडौँ ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मत ल्याएर अग्रता कामय गरेका छन्। त्यसपछि एमालेका श्याम घिमिरेले ३०६, गठबन्धकी मानुषि यमीले २९३ मत ल्याएकी छिन्।

काठमाडौँ ८ पनि स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठले ६०८ मत पाएका छन्।

हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०३, एमालेका शिवसुन्दर राज वैद्यले ३०६ र समाजवादीका जीवनराम श्रेष्ठले २२१ मत पाएका छन्।

काठमाडौँ ९ मा पनि घण्टीका टेकबहादुर बस्नेतले ११३५, एमालेका कृष्णगोपाल श्रेष्ठले ११४२ मत पाएका छन्। त्यस्तै माओवादीकी कल्पना धमलाले ५२५ मत पाएकी छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस