२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा : प्रचण्डको क्षेत्रमा मतगणना सुरु हुन सकेन, पुनः मतदान गर्न एमालेको माग

अ+ अ-

काठमाडौँ। निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

सोमबार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले गोरखा–२ को सात मतदान केन्द्रमा धाँधली भएको बताए । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ रन्चोकको दुर्गा मावि र हिमालय मावि, सोही पालिकाको सूर्यज्योति मावि, पालुङटार नगरपालिका वडा नम्बर ७ को जीवनज्योति मावि, वडा नम्बर १ को स्थानिका आधारभूत विद्यालय, सिरानचोक गाउँपालिका-८ जौवारी स्थित परोपकार आदर्श मावि र अजिरकोट गाउँपालिका-३ को ज्ञानज्योति माविको मतदान केन्द्रमा बाम गठबन्धनले धाँधली गरेको उनीहरूको आरोप छ ।

त्यस्तै गोरखा–१ को चार वटा मतदान केन्द्रमा पनि धाँधली भएको उनीहरूले बताएका छन् । भीमसेन थापा गाउँपालिका-१ को बालकल्याण आधारभूत विद्यालय, बिन्द्रवती मावि, वडा नम्बर ८ को भीमसेन आधारभूत विद्यालय र धार्चे गाउँपालिका–३ को पार्वती आधारभूत विद्यालयको मतदान केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने उनीहरूको माग छ ।

सत्ता र शक्तिको आडमा मृतक, बेपत्ता र विदेशमा रहेकाहरूको नामबाट पनि मतदान भएको एमालेको आरोप छ ।

अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गरेको, आफ्ना प्रतिनिधिमाथि हातपात गरेको आरोप समेत उनीहरूले लगाएका छन् । निर्वाचन आचारसंहिता विपरीत बुथ कब्जा गर्दा समेत प्रहरी र प्रशासन मौन बसेको उनीहरूले आक्रोश समेत व्यक्त गरे ।

पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि गोरखामा अझै मतगणना सुरु हुन सकेको छैन । गोरखा क्षेत्र नम्बर २ को मतगणनाका लागि सोमबार बिहान दश बजे सर्वदलीय बैठक बसेको थियो । तर मतगणना भने सुरु हुन सकेन ।

मतगणना स्थलको थप व्यवस्थापन गर्नुपर्ने भएकाले सुरु हुन नसकेको निर्वाचन क्षेत्र नम्बर २ का अधिकृत नारदप्रसाद भट्टराईले बताए ।

यता नेकपा एमाले लगायतका केही साना दलहरू भने धाँधली भएको मतदान केन्द्रमा पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने बताउँदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाल पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले समेत एमालेलाई साथ दिँदै पुनः मतदानको माग गरेका छन् ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतपेटिका हिजै सङ्कलन भइसकेको छ भने १ अन्तर्गत उत्तरी गोरखाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस