प्रमुख आयुक्त थपलिया र जापानी राज्यमन्त्रीबीच शिष्टाचार भेट  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रमुख आयुक्त थपलिया र जापानी राज्यमन्त्रीबीच शिष्टाचार भेट 


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेबीच शिष्टाचार भेट भेटवार्ता भएको छ । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका राज्यमन्त्री शुनसुके र प्रमुख निर्वाचन आयुक्त थपलीयाविच  ले सोमबार शिष्टाचार भेट भएको हो । 

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस