मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि कैलाली-५ मा मतगणना अनिश्चित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि कैलाली-५ मा मतगणना अनिश्चित


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद बिरामी भएपछि कैलाली क्षेत्र नम्बर-५ को मतगणना अनिश्चित बनेको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि सर्वदलीय बैठक भइरहेका बेला अर्याल कुर्सीबाट ढलेका थिए । डाक्टरको सल्लाहअनुसार उनी अहिले आराम गरिरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उच्च रक्तचापका कारण अर्यालको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । सर्वदलीय बैठकमा सहभागी नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि मतगणनाबारे कुनै सहमति नभएको बताए । 

बैठकमा सत्तारुढ गठबन्धनले वडा–वडाको अलगअलग मतगणना हुनुपर्ने माग गरेको थियो । नेकपा एमालेले भने सबै मत मिसाएर गणना गर्नुपर्ने अडान लिएको थियो ।

यो क्षेत्रमा धनगढी उपमहानगरपालिका र कैलाली गाउँपालिकाका दुई वटा वडा पर्छन् । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट काँग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबिच प्रतिस्पर्धा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस