गोरखामा पुन: मतदान गर्न एमालेको माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गोरखामा पुन: मतदान गर्न एमालेको माग


५ मंसिर २०७९, सोमबार


पोखरा । गोरखामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुन: मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचन विरोधी कार्य भएको भन्दै पुन: मतदान गर्नुपर्ने एमालेको माग छ ।

आइतबार मतदानको समय सकिएपछि नेकपा एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्न आनाकानी गरेको थियो ।

पछि मुचुल्कामा सही गरेर मतपेटिका भने उठाइएको थियो । तर, एमालेले आज सोही मुद्दा सर्वदलीय बैठकमा उठाउने देखिएको छ ।

एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ अहिले आफूहरू बैठकमै रहेको र गठबन्धनबाहेकका दलमा साझा धारणा बनाउन लागेको बताए । चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरण पनि नदिएको उनको आरोप छ ।

काँग्रेस नेता तथा गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईँले भने, ‘हिजो मतपेटिका उठाउने बेलामा पनि फण्डा भो, प्रचण्ड जी र मेरो दुवैको क्षेत्रमा निवेदन हालेका छन् ।’

यस्तै जिल्लाको चुम्रुनबीबाट मतपेटिका अहिलेसम्म पनि ल्याइएको छैन । मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ । चुम्रुनबीको मतपेटिका ल्याइए पनि एमालेको विरोधमा मतगणना अझै ढिला हुने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस