बैतडी जिप दुर्घटना : घाइते प्रहरीको हेलिकप्टरमार्फत् उद्धार गरिँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बैतडी जिप दुर्घटना : घाइते प्रहरीको हेलिकप्टरमार्फत् उद्धार गरिँदै


५ मंसिर २०७९, सोमबार


बैतडी । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।

घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ’, ‘उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ’, ‘घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छौँ , सेनाको हेलिकप्टर आउँदै छ ।’

जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कँदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस