सात हिमाली जिल्लाका मतपेटिका सेनाको हेलिकप्टरबाट ढुवानी गरिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सात हिमाली जिल्लाका मतपेटिका सेनाको हेलिकप्टरबाट ढुवानी गरिने


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । सातवटा हिमाली जिल्लाका विकट मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिने भएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सातवटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी मौसमले साथ दिए सोमबार अपराह्न चार बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने योजना बनाएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस