देशभर ६१ प्रतिशत मतदान, १५ स्थानमा स्थगित : निर्वाचन आयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देशभर ६१ प्रतिशत मतदान, १५ स्थानमा स्थगित : निर्वाचन आयोग


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो जानकारी गराएका हुन् । १५ स्थानमा मतदान स्थगन भएको र ६१ प्रतिशतभन्दा बढी मत खस्न सक्ने उनले बताए ।

निर्वाचन आयोगले सामान्य घटना बाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । थपलियाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको बताउँदै उनले यो अपेक्षाभन्दा कम रहेको बताएका छन् । यस अभि बिहान आयोगले ७० प्रतिशत मत खस्ने आनुमान गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस