निर्वाचनलाई प्रभाव पार्ने दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निर्वाचनलाई प्रभाव पार्ने दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनसम्बन्धी दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण नगर्न/नगराउन आग्रह गरेको छ । 

मौन अवधिमा केही सञ्चारमाध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत तथा भ्रामक समाचार बनाइ सामाजिक सञ्जालबाट सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै काउन्सिलले यस्ता सामग्रीबाट सजग रहन अनुरोध गरेको छ । 

त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज हो’ भनी जवाफ प्राप्त भएको र कतिपय मिडियाले आफ्नो सामाजिक सञ्जालबाट त्यसबारे प्रस्ट्याइसकेका काउन्सिलले शनिबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस