कर्मचारीले बुझ्न थाले निर्वाचन सामग्री  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीले बुझ्न थाले निर्वाचन सामग्री 


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरूले मतपत्र बुझ्ने र मतदान स्थल तयार गर्ने काम सुरु भएको छ।

रुपन्देही क्षेत्र नम्बर २ का लागि निर्वाचन सम्पन्न गर्न १ हजार ५४ कर्मचारी परिचालन भएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए। नेपालीका अनुसार क्षेत्र नम्बर २ मा १३१ मतदान केन्द्रमध्ये ५ वटा अपाङ्गमैत्री र २ वटा अस्थायी मतदान स्थल कायम गरिएको छ।

निर्वाचन क्षेत्रको सबैभन्दा ठूलो मतदान केन्द्र रहेको लुम्बिनी वाणिज्य कलेजको मतदान केन्द्रलाई विभाजन गरी नवीन औद्योगिक कदरबहादुर माविमा ८ र साबिक लुम्बिनी वाणिज्य कलेजमा ८ वटा मतदान स्थल बनाउने निर्णय गरेको उनले बताए।

क्षेत्र नम्बर २ मा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन्। जसमध्ये प्रदेश (क)मा ६३ हजार ५०३ र प्रदेश (ख)मा ६३ हजार ३०४ मतदाता छन्। त्यसैगरि प्रदेश (क) मा ६५ मतदान केन्द्र र (ख) मा ६६ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस