डेढ करोड बराबरको भन्सार छलीको सामान बरामद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डेढ करोड बराबरको भन्सार छलीको सामान बरामद


१ मंसिर २०७९, बिहिबार


रसुवा । रसुवाबाट सशस्त्र प्रहरीले करिब डेढ करोड मूल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीको ‘बिओपी’ टिमुरेबाट खटिएको टोलीले सो सामान बरामद गरेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

भन्सार छलेर सीमा इलाकाको अस्थायी ड्राईपोटमा राखेको अवस्थामा बुधबार इन्स्पेक्टर नारायण गुरुङ नेतृत्वको टोलीले सो सामान बरामद गरेको हो । बरामद सामानहरूमा महँगो मदिरा, चुरोट लगायत छन् ।

सशस्त्र प्रहरी बलले सामानबारे सूचना पाएपछि सर्च अपरेसन चलाएको थियो । बरामद सामान भन्सार कार्यालय टिमुरेमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस