२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बनाइदिन्छु भन्दै किन हिँडिरहेका छन् प्रचण्ड ?

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार भोजपुरमा गठबन्धनबाट त्यहाँ प्रतिनिधिसभाका उम्मेदवार बनेका माओवादी नेता सुदन किराँतीलाई जिताएमा मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिए।

उनले सोही दिन धरानका गठबन्धनका उम्मेदवारलाई समेत जिताएमा मन्त्री बनाउने आश्वासन दिन भ्याए। उनले एकै दिन दुवै जनालाई मन्त्री बनाउने आश्वासन दिए। प्रचण्डले केही समय अगाडि काठमाडौँ क्षेत्र नं २ को चुनावी सभामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीलाई विकासे मन्त्री बनाउने सार्वजनिक घोषणा गरे।

उनले चुनावी कार्यक्रम सम्बोधन गर्दै भनेका थिए, ‘ओनसरीलाई तपाईँहरूले जिताउनुहोस् मन्त्री बनाउने जिम्मा मेरो भयो।’ केही दिनअघि हुम्लाको चुनावी सभामा प्रचण्डले जीवनबहादुर शाहीलाई समेत कर्णालीको पुनः मुख्यमन्त्री बनाउने आश्वासन दिएर भ्याए। उनले आफू जहाँ पुग्छन् त्यहाँका उम्मेदवारलाई स्थानीय मतदाताले विजयी बनाए।

प्रधानमन्त्री मन्त्री र मुख्यमन्त्री बनाउने उधारो आश्वासन बाँड्दै आएका छन्। गोरखा २(ख) बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका काँग्रेसका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पनि मुख्यमन्त्री बनाउने घोषणा गरिसेका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने भन्दै आफ्नै पार्टीबाट स्याङ्जामा प्रदेशसभातर्फ अमृता थापालाई उम्मेदवारी दिन लगाएका छन्।

यस्तै आइतबार मात्रै उनले तनहुँ पुगेर रामचन्द्र पौडेललाई अत्यधिक बहुमतले विजयी गराए प्रधानमन्त्री बनाउने आफ्नो जिम्मा भएको घोषणा गरेर फर्किए। चुनावको नजिक आई पुग्दासम्म प्रचण्डले प्रधानमन्त्री र मन्त्रीको आश्वासन धेरै उम्मेदवारलाई दिइसकेका छन्।

काँग्रेसभित्रै महामन्त्री गगन थापा, अर्का नेता शशाङ्क कोइराला र प्रकाशमान सिंहले प्रधानमन्त्री दाबी गरिरहँदा प्रचण्डले पौडेललाई प्रधानमन्त्री बनाउने आश्वासन तनहुँका मतदातासमक्ष गरेका हुन्। प्रचण्डले नेपालमा हालसम्मका अधिकांश (केही बाहेक)लाई आफूले प्रधानमन्त्री बनाएको दाबी गर्दै आएका छन्।

उनका अभिव्यक्तिहरू अनेकौँ उम्मेदवारलाई हौसाउँदै चुनावी फण्डाको रूपमा मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीको स्वघोषित आश्वासन दिँदै आएका छन्। उनी आफैँ तेस्रो तर निर्णायक दल हुने सार्वजनिक अभिव्यक्ति दिई सकेका छन्। देशभर ४३ स्थानमा उम्मेदवारी दिएको उनको पार्टीको निर्वाचन परिणाम पश्चात् कति सिट आउने हो अझै यकिन छैन। यसरी पदहरू बाँड्दै जानुले उनी आफूलाई गठबन्धनको सर्वेसर्वा र निर्णायक हुँ भन्ने देखाउन खोजिरहेका स्पष्ट हुन्छ।

प्रचण्डले जसलाई जेको मनोकाङ्क्षा छ त्यही नै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। उनले लामो समयदेखि प्रधानमन्त्रीको आकाङ्क्षा व्यक्त गरिरहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री नै बनाउने आश्वासन दिए। त्यसै गरी गोरखाका पाण्डेलाई मुख्यमन्त्री बनाउने बचनबद्धता पनि जनाएका छन्।

आफूले भने हुने र आफ्नो प्रस्ताव काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार नगर्ने समेत उनले दाबी गरेका छन्। तथापि आश्वासनमा उनका केही सर्त भने व्याप्त छन्। पौडेललाई प्रधानमन्त्री बनाउन उनले भारी मतान्तरले जिताउनुपर्ने सर्त तनहुँ क्षेत्र नं १ का मतदातासमक्ष राखेका छन्।

प्रचण्डको पदीय आश्वासनले सत्ता गठबन्धनमै किचलो उत्पन्न हुने आशङ्का बढेर गएको छ। उनले आफ्नो निहित स्वार्थ र उम्मेदवारलाई जिताउने फण्डाको रूपमा पदको आश्वासन दिएको गठबन्धनका नेताहरूको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस