सुनको मूल्य बढ्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ? 


३० कार्तिक २०७९, बुधबार


काठमाडौँ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।

छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मङ्गलवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। मङ्गलवार तोलामा ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भएको  महासङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस