२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा र प्रचण्ड सहभागी चुनावी सभामा पार्टीकै उम्मेदवार नगएपछि…

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी मंगलबारको चुनावी सभामा दुई जना प्रदेशसभा सदस्य उम्मेदवार उपस्थित नभएको पाइएको छ । 

नवलपरासीको क्षेत्र नं.१ मा आयोजना गरेको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनको लागि आज देउवा र प्रचण्ड बर्दघाटको चौपाता पुगेका थिए । तर त्यहाँ क्षेत्र नम्बर १ को प्रदेश सभा २ का उम्मेदवार उपस्थित भएका थिएनन्।

सत्ता गठबन्धन केन्द्रको निर्णय अनुसार क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेपाली काँग्रेस र २ मा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने सहमति भएको थियो।

तर माओवादीले पाएको क्षेत्रमा पनि काँग्रेसले उम्मेदवार उठाएपछि दुई पार्टीबीच जिल्ला स्तरमा खटपट परेको छ।

जिल्लाका नेताहरूको खटपटकै कारण शीर्ष नेताहरू सहभागी कार्यक्रममा प्रदेशसभा २ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामानन्द यादव र काँग्रेसबाट उम्मेदवारी दिएका देवकरण कलवार उपस्थित नभएका हुन्।

चुनावी सभामा प्रदेशसभा १ बाट उम्मेदवारी दिएका काँग्रेसका विश्वप्रेम पाठक भने आएका थिए।

माओवादी केन्द्रबाट यादवले उम्मेदवारी दिएपछि नेपाली काँग्रेसका कलवारले पनि काँग्रेसको आधिकारिक भएरै उम्मेदवारी दिएका थिए।

सहमति विपरीत उम्मेदवारी दिएको भन्दै माओवादीले उम्मेदवारी निष्क्रिय पारेर समर्थन गरेको घोषणा गर्न काँग्रेसलाई पटक पटक आग्रह गरे पछि कलवारको उम्मेदवारी यथावत छ। अहिले दुवै जना आ-आफ्नो चुनावी प्रचारमा जुटेका छन्।

चुनावी सभामा सम्बोधनका क्रममा प्रचण्डले यस क्षेत्रमा गठबन्धनमा केही समस्या रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे।

तर प्रधानमन्त्री देउवाले भने उम्मेदवारी बारे केही बोलेनन्। उनले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसबाट उठेका उद्योगपति विनोद चौधरीलाई जिताउन आग्रह गरे। नवलपरासी १ मा चौधरीसँग जनता प्रगतिशील पार्टी (जप्रपा)का अध्यक्ष हृदयेश त्रिपाठी एमालेसँगको तालमेलमा चुनावी प्रतिस्पर्धामा छन्। त्रिपाठीलाई जसपाले पनि समर्थन गरेको छ ।

प्रतिक्रिया दिनुहोस