मेयर बालेन्द्र र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट, के भयो छलफल ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेयर बालेन्द्र र जर्मन राजदूत प्रिन्सबीच शिष्टाचार भेट, के भयो छलफल ?


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सबीच शिष्टाचार भेट भएको छ।

मेयर साहको कार्यकक्षमा भएको भेटमा प्रमुख साहले फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताएका थिए।

राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्ग चर्चा गर्दै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि मेयर साहले आफ्नो योजना सुनाएका थिए। महानगरका प्राथमिक कार्यक्रमबारे जानकारी दिँदै उनले मू-अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुनर्स्थापना, खुला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण, शैक्षिक गुणस्तर वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायतका क्षेत्रमा काम भइरहेको जानकारी दिए।

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जिटिजेड कार्यक्रममार्फत काठमाडौँ महानगरलाई सहयोग गरेको थियो। राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत सङ्गीत शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस