काठमाडौँका नदी किनारका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुम्वासी आन्दोलित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँका नदी किनारका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुम्वासी आन्दोलित


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । बागमती सभ्यता एकीकृत विकास समितिको अल्टिमेटमविरुद्ध सुकुम्वासीहरू विरोधमा उत्रिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाइमा सुकुम्वासीहरू मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ गरेका हुन्।

समितिले गत शुक्रबार एक सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर(टहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिनको अल्टिमेटम दिएको थियो। तोकिएको समयमा घर-टहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिले चेतावनीसमेत दिएको थियो।

सम्बन्धित समाचार : १० दिन भित्र नहटे काठमाडौँका नदी किनारका सुकुम्वासी बस्ती भत्काउने चेतावनी

Tags :
प्रतिक्रिया दिनुहोस