विदेशी लगानी भित्र्याउने सम्बन्धी निर्णय राजपत्रमा प्रकाशित, न्यूनतम सीमा कति ?   « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेशी लगानी भित्र्याउने सम्बन्धी निर्णय राजपत्रमा प्रकाशित, न्यूनतम सीमा कति ?  


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । गत २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । जुन निर्णय सोमबार राजपत्रमा प्रकाशित भएको हो ।

अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन चाहनेले न्यूनतम २ करोड रुपैयाँदेखि माथि लगानी भित्र्याउन पाउने छन् । यसअघि यस्तो न्यूनतम सीमा ५ करोड रुपैयाँ थियो ।

राजपत्रमा अनुसार इन्भेस्टमेन्ट कम्पनीमार्फत लगानी नेपालमा विदेशी लगानी भित्र्याउन चाहने गैर आवासीय नेपाली (एनआरएन)का हकमा भने यस्तो सीमा नलाग्ने व्यवस्था गरिएको छ ।

१५ जेठ २०७६ देखि सरकारले प्रत्यक्ष विदेशी लगानीको सीमा बढाएर ५ करोड पुर्‍याएको थियो । साना विदेशी लगानीलाई आकर्षित गर्न लगानीको न्यूनतम सीमा घटाउने निर्णय गरिएको सरकारको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस