ललितपुरको नख्खुमा शव फेला, हत्या आशङ्का « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललितपुरको नख्खुमा शव फेला, हत्या आशङ्का


२८ कार्तिक २०७९, सोमबार


काठमाडौँ । ललितपुर महानगरपालिका स्थित नख्खुमा शव भेटिएको छ । रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

बस्नेत ललितपुर महानगरपालिका-१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट लागेको छ । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस