२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब पुनः श्रम स्वीकृति नवीकरण कार्यरत मुलुकबाटै 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आफू कार्यरत रहेकै मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गर्न पाउने भएका छन् । श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटबाट आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा गएर लगइन गरी श्रम स्वीकृति नवीकरण गराउन सकिने छ । 

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने कानुन व्यवस्था गरेको छ । एक पटक श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपाल आएमा पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु पर्दैन । तर, एक पटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानु परेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विदेशमा रोजगारीको क्रममा मृत्यु भएको खण्डमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम र विदेश जानु पूर्व नेपालमा नै गरेको बीमाबाट मृतकको शव व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिम सेवा सुविधा पाउने व्यवस्था छ । 

श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना घटी गम्भीर बिरामी भएमा कोषको रकम र वीमा बापतको रकम नपाइने भएकोले पनि श्रम स्वीकृति अपडेट हुन जरुरी रहेको मन्त्रालयका सचिव एक नारायण अर्यालले बताए । र, पुनः श्रम स्वीकृतिका लागि मात्रै नेपाल आउँदा समय र खर्च पनि उत्तिकै हुन्छ, अब त्यो घटेको छ सचिव अर्यालले भने सो बिचमा कुनै बेला केही घटना घटी हालेको अवस्थामा सुविधाबाटसमेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकोले समयमै सहजै नवीकरण गर्दा सोबाटसमेत जोगिइन्छ । 

मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आफूले लिएको श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटमा गई लगइन गरी आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुन बमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्नसमेत अनुरोध गरेको छ ।