ओलीको आक्रोश-‘भिम रावलको माया लागेको भए अछाम जानुस्’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओलीको आक्रोश-‘भिम रावलको माया लागेको भए अछाम जानुस्’


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलको विषयमा नागरिकले राखेको जिज्ञासाबाट रुष्ट हुन थालेका छन् ।

आइतबार, सुर्खेतमा आयोजित चुनावी सभामा ओली सम्बोधन गर्दै थिए । कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक(पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए । भीम रावलको नाम लिनेहरूलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस् ।’

यसअघिका अन्य केही कार्यक्रममा समेत कार्यकर्ताले भीमरावलबारे ओलीसँग सोधिखोजी गर्दै आएका छन् । भीम रावल अछाम-१ बाट प्रतिनिधिसभाको उम्मेदवारका आकाङ्क्षी थिए । उनलाई टिकट नदिइएको भन्दै कार्यकर्ताले पार्टी अध्यक्ष ओलीलाई प्रश्न गर्दै आएका हुन् ।

ओलीले आइतबार नै एमाले अध्यक्ष ओलीले सुर्खेतमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गरे । त्यस क्रममा उनले पाँच दलीय सत्ता गठबन्धनले चुनावपछि पनि सरकार बनाउने भनी गरेको दाबी र व्यवहारमा बेमेल रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस