टी-२० विश्वकप : पाकिस्तानले इंग्याल्डलाई दियो १३८ रनको लक्ष्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

टी-२० विश्वकप : पाकिस्तानले इंग्याल्डलाई दियो १३८ रनको लक्ष्य


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२२ को उपाधि उचाल्न इंग्यान्डले १३८ रनको लक्ष्य पाएको छ । टस जितेर इंग्याल्डले पहिले फिल्डिङ रोजेपछि पाकिस्तान ब्याटिङमा आएको थियो । 

पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १३७।रन बनायो । पाकिस्तानको तर्फबाट सान मसुदले सबैभन्दा बढी ३८ रन बनाए । २८ बल सामना गरेका मसुदले एक छक्क र दुई चौका प्रहार गरे । यस्तै, कप्तान बाबर आजमले दुई चौकाको मद्दतले ३२ रन बनाए । सादाव खानले १४ बलमा २० रन, मोहम्मद रिजवान १४ बलमा १५ रन, मोहम्मद ह्यारिस १२ बलमा ८ रन बनाए भने ६ बल खेलेका इफ्तिखार अहमद सून्यमा आउट भए । 

पाकिस्तानको ब्याटिङ अर्डरलाई शाम करण र आदिल रसिदले चल्न दिएनन् । शाम करणले चार ओभरमा जम्मा १२ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै, आदिल रसिदले २, क्रिस जोर्डनले २, बेन स्टोक र क्रिस वक्सले १-१ विकेट लिए । 

Tags :
प्रतिक्रिया दिनुहोस