सुकुमबासी बस्तीका समस्या समाधान गर्छु : प्रकाशमान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुकुमबासी बस्तीका समस्या समाधान गर्छु : प्रकाशमान


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं. १ का सुकुमबासीका समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए ।

आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको बस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ । त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौँ ।’

समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए । मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो हुने भएको भन्ने गुनासो गरेको भन्दै उनले त्यसलाई सरल र छिटोछरितो बनाउन आफूले पहल गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस