काठमाडौँ ७ मा मानुषीलाई जनसमाजवादीको समर्थन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ ७ मा मानुषीलाई जनसमाजवादीको समर्थन


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्।

काठमाडौँ ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको विज्ञप्ति निकालेका छन्।

संविधानको रक्षा र विकासका लागि भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवार मानुषीलाई समर्थन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

नेपाल समाजवादी पार्टीकी नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौँ ७ मा साझा उम्मेदवार छिन्।

Tags :
प्रतिक्रिया दिनुहोस