बझाङमा भूकम्प, सय घरमा क्षति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बझाङमा भूकम्प, सय घरमा क्षति


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । शनिबार राति गएको भूकम्पका कारण बझाङमा एउटा घर भत्किएको छ। भूकम्पको धक्काले अन्य करिब १०० घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बझाङको खप्तड छान्ना गाउँपालिका– ६ पाटादेवल आसपास केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पले पाटादेवल गाउँमा घर भत्केको स्थानीयले जानकारी दिएका छन्। गाउँपालिकाका धेरै ठाउँमा घरहरू चर्केको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। फेरि भूकम्प आउने डरले स्थानीयहरू रात भरी घर बाहिरै आगो तापेर बसेका थिए।

बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गाउँपालिकाभरिमा करिब १०० घर भूकम्पका कारण चर्किएको विवरण प्राप्त भएको जानकारी दिए। केही घर भत्किएको भन्ने विवरण समेत प्राप्त भएकाले प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन भएको प्रजिअ अर्यालको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस