लिभरपुलको सहज जीत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिभरपुलको सहज जीत


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । लिभरपुलले आफ्नो घरेलु मैदानमा साउथ ह्याम्पटनमाथि ३–१ को सहज जीत हासिल गरेको छ । ब्राजिलको विश्वकप टोलीमा पर्न असफल भएका रोबर्टो फर्मिन्होले शनिबार राति भएको खेलको छैटौँ मिनेटमा नै लिभरपुललाई अग्रता दिलाएका थिए ।

तर लगत्तै चे एडम्सले साउथह्याम्पटनलाई खेलमा फर्काए । २१ औँ मिनेटमा उरुग्वेका फरवार्ड डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । ४२ औँ मिनेटमा अर्को गोल थप्दे उनले टोलीको जीत सुनिश्चित गरे ।

१४ खेलपछि लिभरपुलको २२ अङ्क रहेको छ । टोली लिगको छैटौँ स्थानमा रहेको छ । साउथह्याम्पटन भने रेलिगेसन जोनमा रहेको छ । शनिबार नै भएका अन्य खेलमा नटिङहम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गर्यो भने एभर्टन बोर्नेमाउथसँग ३–० गोलले स्तब्ध बन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस