२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर ४ को निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन : उपाध्यक्ष श्रेष्ठ

अ+ अ-

लेखनाथ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउनका लागि भएको बताएका छन् ।

पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लोकतन्त्रको सामान्य प्रक्रिया मात्र नभएको उल्लेख गरे । ‘बाह्र बुँदे सम्झौताअनुसार वेपत्ता र द्वन्द्वपीडिलले अझैसम्म क्षतिपूर्ति पाउन सकेका छैनन, उहाँहरुको माग सम्बोधन गर्नु पर्छ’, उनले भने, ‘पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म पनि रहने छ ।’

शान्ति, समृद्धि र लोकतन्त्रको पक्षमा पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले निर्वाचनपछि बन्ने पाँच दलीय गठबन्धनको सरकारले विगतका गल्ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने बताए । लोकतन्त्रको अभिन्न अङ्ग निर्वाचन भएकाले सबै नेपाली यसमा होमिएका उनको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि सफलरूपमा सम्पन्न गर्न अगाडि बढेको बताए । पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्म पनि कायमै रहने उनको भनाइ थियो ।

लोकतन्त्र र संविधानको रक्षा, समृद्धि र स्थिर सरकारको निम्ति पाँच दलीय गठबन्धन एउटै पार्टी जस्तै बनेकाले गठबन्धनमा आबद्ध सबै दलले आफ्ना साझा उम्मेदवारलाई मतदान गर्नसमेत महरले आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामाले आगामी निर्वाचनमा अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार विजयी हुने भएकाले देशलाई समृद्धितर्फ कसरी अगाडि बढाउने भन्नेबारेमा सोच्न जरुरी भएको बताए । उनले कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभाका नौवटै सिटमा गठबन्धनका उम्मेदवार विजय हुने दाबी गरे ।

नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका युवा नेता गङ्गाधर पराजुलीलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।