मंसिर ४ मा ओली दण्डित हुँदैछन् : ओनसरी घर्ती « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

मंसिर ४ मा ओली दण्डित हुँदैछन् : ओनसरी घर्ती


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमाले अध्यक्ष केपी ओलीलाई दण्डित गर्ने बताएकी छन्।

ओलीले आफ्नो दलको बहुमत आउने दाबी गर्दै हिँडेको सुनिएको भन्दै घर्तीले संविधान र व्यवस्था मास्न उद्दत ओलीलाई मत दिए देश र जनताले दुःख पाउने उल्लेख गरिन्।

०७४ को निर्वाचनमा पाँच वर्षका लागि जनताले म्याण्डेट दिए पनि सरकार चलाउन असफल भएर दुई पटकसम्म असंवैधानिक ढंगले प्रतिनिधिसभा भंग गरेका ओलीले फेरि जनतामा गएर बहुमत माग्नु अनैतिक भएको आरोप उनको थियो।

उनले ओलीको प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई मत दिन मतदातालाई अपिल गरिन्।

ओलीको प्रतिगमनले जिते जनताले दुःख पाउँछ र देशमा अव्यवस्था पैदा हुने आरोप उनले लगाइन्।

ओलीले संविधान र लोकतन्त्र तथा जनमतमाथि प्रहार गरेकाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धि दिलाउन बाध्य भएर लोकतान्त्रिक–वाम गठबन्धन निर्माण गरेको उनको तर्क थियो।

घर्तीले मुलुकले स्थिर सरकारसहित शान्ति र विकास चाहेको र त्यो आफूहरूको गठबन्धनले मात्र दिन सक्ने दाबी गरिन्।

Tags :
प्रतिक्रिया दिनुहोस