चिनियाँ उपमन्त्री ली छ्युन नेपाल आउँदै, पर्यटनमन्त्री श्रेष्ठले स्वागत गर्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चिनियाँ उपमन्त्री ली छ्युन नेपाल आउँदै, पर्यटनमन्त्री श्रेष्ठले स्वागत गर्ने


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन नभएको बताए ।

परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । खड्काको अनुपस्थितिमा पर्यटनमन्त्री श्रेष्ठले चिनियाँ पाहुनालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ । ।

चिनियाँ उपमन्त्रीले काठमाडौँ र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस