बारको आपत्तिपछि अख्तियारको स्पष्टीकरण : न्यायिक स्वतन्त्रताप्रति प्रतिबद्ध छौँ ! « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बारको आपत्तिपछि अख्तियारको स्पष्टीकरण : न्यायिक स्वतन्त्रताप्रति प्रतिबद्ध छौँ !


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिबद्ध रहेको रहेको बताएको छ ।

विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने कल्पना समेत गर्न नसकिने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझै अविचलित रहने हुँदा आयोगबाट ७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रूपमा बुझिदिन सम्बन्धित सबैमा आयोग हार्दिक अनुरोध गर्दछ ।’

सम्बन्धित समाचार : अख्तियारको वक्तव्यप्रति सर्वोच्चकै न्यायाधीशहरू असन्तुष्ट, संवैधानिक सीमा नाघ्न खोजेको निष्कर्ष 

Tags :
प्रतिक्रिया दिनुहोस