२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिन सुरु

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खट्ने कर्मचारीलाई बिहीबारदेखि उदयपुरमा तालिम दिन सुरु गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अघिल्लो दिन जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा खट्ने कर्मचारीको टुङ्गो लगाएसँगै तालिम दिन सुरु गरेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीका अनुसार २ नं.क्षेत्रमा खट्ने मतदान अधिकृत र सहायक अधिकृतलाई बिहीबार कटारीमा १ दिने तालिम सम्पन्न भएको छ। शुक्रबार १ नं. क्षेत्रमा खट्ने अधिकृत र सहायक अधिकृतलाई तालिम दिने कार्यक्रम रहेको उनले बताए। ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको उदयपुरका मतदान केन्द्रमा खट्न प्रत्येक केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिने छ। जसमा मतदान अधिकृत र सहायक अधिकृत १-१ तथा बाँकी सहायक कर्मचारी र कार्यालय सहयोगी हुने छन्।  

उदयपुरका २ वटा प्रतिनिधिसभा र ४ प्रदेशसभाका लागि जम्मा २ हजार १२ कर्मचारी खटाइने छ। निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्र कायम गरिएको छ। जसमा १ हजार २ सय २४ जना कर्मचारी खटाउने टुङ्गो लागेको छ। त्यस्तै २ नं.का १ सय ११ वटा केन्द्रमा ८ सय ८८ जना कर्मचारी परिचालन गर्ने तयारी भएको कार्कीले बताए।  

सुरक्षाकर्मी भने कति खटाउने भन्ने यकिन भइसकेको छैन। सामान्य अवस्थाका मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असई) नेतृत्वमा ३ जना जनपथ प्रहरी र ५ जना म्यादी प्रहरी परिचालन गर्ने नीति रहे पनि संवेदनशील केन्द्रमा त्यो भन्दा बढी सुरक्षाकर्मी खटाउनुपर्ने प्रावधान छ। जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँले अहिले सामान्य र संवेदनशील मतदान केन्द्रको टुङ्गो लागि नसकेका कारण सुरक्षाकर्मी कति खटाउनुपर्ने भन्ने यकिन नभइसकेको बताए।  

उदयपुरमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित ४ राजनीतिक दलले चुनाव बहिस्कारको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस