गाँउपालिका अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाँउपालिका अध्यक्षसहित सात जनाविरुद्ध मुद्दा दायर


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । रुपन्देही ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा मुद्धा दायर गरेको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमा भ्रष्टाचार गरेको गरेको देखिएकोले गाउँपालिकाका तत्कालीन अध्यक्ष हिरा केवट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, तत्कालीन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुबोधराज भट्टराई, व्यावसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालीन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्रप्रसाद चौधरी र सहानी सःमिल सञ्चालक दुर्गावती केवटविरुद्ध रु २० लाख ७५ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस