२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुट्यो म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी 

अ+ अ-

काठमाडौँ । धवलागिरि गाउँपालिका-४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । 

हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब रु आठ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

धवलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युत्गृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेछ । कुल रु १० अर्ब ७४ करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैङ्कको अगुवाइमा मेगा बैङ्क, कृषि विकास बैङ्क, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैङ्कले लगानी सम्झौता भएको कम्पनीका निर्देशक सुशील पोख्रेलले जानकारी दिए ।

आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (रु आठ अर्ब पाँच करोड ७० लाख) र स्वपूँजी २५ प्रतिशत (रु दुई अर्ब ६८ करोड ६०) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्याइएको छ । यसैगरी प्रत्यक्ष वैदेशिक लगानीका रूपमा मलेसियन कम्पनी एक्वा भेञ्चर्सको तथा स्वदेशी लगानीका रूपमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभेलपमेन्ट कम्पनी र ऊर्जा डेभलपर्स, सिम्रिक भेन्चर्स, बिजबेलसमेतको स्वपूँजी लगानी हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट स्थानीय निकायहरूसँगको सहकार्यमा पहुँचमार्ग र अन्य पूर्वाधार निर्माणकार्य प्रारम्भ गरिसकेको र आगामी सुक्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीका निर्देशक पोख्रेलले बताए । उनले निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न गर्ने जानकारी दिए । आयोजना सम्पन्न भएपछि सुक्यायाममा १०३.११ गिगावाट आवर (१०.३१ करोड युनिट) र वर्षायाममा २३२.८८ गिगावाट आवर (३२.२८ करोड युनिट) गरी वार्षिक ३३६ गिगावाट आवर (३३.६ करोड युनिट) विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।

उत्पादित विद्युत् आयोजनाको विद्युत्गृहदेखि करिब १७ किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको निर्माणाधीन १३२-३३ केभी डाँडाखेत सबस्टेशनमा जोडिनेछ । म्याग्दी र आसापासका नदीहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न डाँडाखेत र राहुघाटमा सबस्टेशनका लागि प्रसारण लाइन निर्माण सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस