काठमाडौँको सवारी दुर्घटना, दुई जनाको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काठमाडौँको सवारी दुर्घटना, दुई जनाको मृत्यु


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको वसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका छन् ।

प्रहरीले ना ८ ख १८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकका आफन्तहरूलाई सम्पर्क गर्ने प्रयास भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस