सदस्यता समेत नरहने गरी काँग्रेसले गर्‍यो थप चार जनालाई कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सदस्यता समेत नरहने गरी काँग्रेसले गर्‍यो थप चार जनालाई कारबाही


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको अनुशासन आयोगले थप चार जनालाई कारबाही गरेको छ ।

काँग्रेसको अनुशासन आयोगका संयोजक आनन्द प्रसाद ढुङ्गानाले विज्ञप्ति जारी गर्दै थप दुई जनालाई पाँच वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश  दिएका हुन् ।

काँग्रेसले कारबाही गरेकामा उदयपुरका रामकुमार राई,  मीनकुमार दाहाल, जयप्रसाद सुवेदी र भरत कार्की रहेका छन् । कारबाहीमा परेकाहरू  गठबन्धनको निर्णय विपरीत उम्मेदवार र प्रस्तावक रहेका छन् । यसअघि मंगलबाार काँग्रेसले ७४ जना बागी उम्मेदवारलाई कारबाही गरेको थियो । 

सम्बन्धित समाचार : काँग्रेस केन्द्रीय सदस्य सहित ७४ जना पार्टीबाट निष्कासित

Tags :
प्रतिक्रिया दिनुहोस