अभिनेत्री मनीषा कोइराला राप्रपाका लागि भोट माग्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अभिनेत्री मनीषा कोइराला राप्रपाका लागि भोट माग्दै


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनीषा कोइराला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पक्षमा खुलेकी छन् ।

शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनीषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनाव नजिकिएसँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवारप्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवारसँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदै छन् ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनीषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनीषाले पनि सम्बोधन गर्ने तय भएको बताइएको छ ।

मनीषाले पहिलेदेखि नै राजसंस्था र हिन्दु राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । तिनै एजेन्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस