प्रधानमन्त्रीको उम्मेदवार हुन पहिले सांसद जित्नु छ : गगन थापा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीको उम्मेदवार हुन पहिले सांसद जित्नु छ : गगन थापा


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएका छन्।

चुनावी घरदैलोका क्रममा थापाले प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने बताए। थापा मंसिर ४ मा हुने चुनावमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।

‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था होइन। यसको एउटा बाटो छ। हामी निर्वाचित भएर सांसद बन्छौँ। सांसद बनेपछि तीमध्येबाट संसदीय दलको चुनाव हुन्छ। त्यो संसदीय दलको नेता म लड्ने हो, जित्ने हो,’ उनले भने, ‘जो काँग्रेस संसदीय दलको नेता हुन्छ उही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’

प्रधानमन्त्रीको उम्मेदवार हुन संसदीय दलको नेता जित्नुपर्ने र त्यसका लागि पहिले सांसद जित्नुपर्ने थापाको भनाई छ ।उनले चुनावी घरदैलोमा जाँदा आफ्नो पक्षमा माहोल देखिएको पनि दाबी गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस