साफ यु-१९ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै « प्रशासन
Logo २५ मंसिर २०८०, सोमबार
   

साफ यु-१९ महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ।

नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले हराएको थियो।

२ खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ। ३ खेल खेलेको बंगलादेश ६ अंकसहित शीर्ष स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस