टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा भोलि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा भोलि पाकिस्तान र न्युजिल्यान्ड भिड्दै


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आईसीसी टी-२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा भोलि बुधवार पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । 

न्युजिल्यान्ड समूह ‘१’को समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने पाकिस्तान अरूको नजितामा भर पर्दै अनि अन्तिम खेलमा बङ्गलादेशलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ । 

टी-२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । पाकिस्तानले यसअघि सन् २००९ मा टी-२० विश्व कपको उपाधि जितेको थियो । न्युजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन । 

दोस्रो सेमिफाइनलमा पर्सि बिहीवार भारत र इङ्ग्ल्यान्डले खेल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस