भैरहवा भन्सारद्वारा २ करोड रुपैयाँ बढीको अवैध सामान बरामद « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भैरहवा भन्सारद्वारा २ करोड रुपैयाँ बढीको अवैध सामान बरामद


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । भैरहवा भन्सार कार्यालय रुपन्देहीले कपिलवस्तु जिल्लाबाट २ करोड बढीको भन्सार छलेका समान बरामद गरेको छ।

आफ्नो कार्यक्षेत्रभन्दा बाहिर भन्सार छली गरेको समान भन्सार विभागसँगको समन्वयमा बरामद गरी भैरहवा भन्सार कार्यालय ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।

मंगलबार बिहान ४ बजे गोप्य सूचनाको आधारमा कपिलवस्तुको चाकरचौराह मायादेवी ८ पकुर्ल भन्ने स्थानबाट पाँचवटा पिकअपबाट तस्करी हुँदै गरेको अवस्थामा अवैध सामान बरामद गरिएको उप्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए।

सूचनालाई पछ्याएर कार्यक्षेत्रभन्दा बाहिर पुग्नुपर्ने अवस्थामा भन्सार विभागसँग समन्वय गरेर अवैध सामान बरामद गरेका उनले बताए । बरामद गरिएका सामानहरूमा लत्ताकपडा, जुता चप्पल , खैनी सुर्ती, खेलौना, अबिर, अन्य प्याकिङहरू रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस