त्रिभुवन विमानस्थलबाट साढे ५ किलो सुन बरामद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

त्रिभुवन विमानस्थलबाट साढे ५ किलो सुन बरामद


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद गरेको छ । पछिल्लो दुई महिनामा अवैध रूपमा भित्र्याइएको करिब साढे ५ करोड मूल्य बराबरको उक्त परिमाणको सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ ।

यात्रुले झिटीगुन्टा सुविधाको दुरुपयोग गदै र तस्करी प्रयोजनका लागि लुकाएर ल्याएको उक्त परिमाणको सुन बरामद भएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

सो सुन आज राष्ट्र बैङ्कलाई बुझाइएको छ ।

यस अवधिमा भन्सारले कडाइकासाथ यात्रु जाँचपास गर्दा फरक फरक विमान र गन्तव्यबाट आएका ३२ जनाबाट उक्त सुन बरामद भएको उनले बताए ।

सुन बरामद भएकाहरूलाई फरक फरक ३२ वटा मुद्दा दर्ता गरिएको र सोबाट जफत भएको सुन नेपाल राष्ट्र बैङ्कमा बुझाएर सुन बराबरको रकम ५ करोड ५० लाख रुपियाँ राजस्व खातामा जम्मा हुने भन्सार कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस