महेन्द्र शाहीलाई जिताउनुहोस् मन्त्री बनाएर पठाउँछु : प्रचण्ड « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महेन्द्र शाहीलाई जिताउनुहोस् मन्त्री बनाएर पठाउँछु : प्रचण्ड


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित भए उनलाई मन्त्री बनाउने आश्वासन दिएका छन् ।

मंगलबार कालिकोटको सदरमुकाम मान्मामा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रममा उनले भने, ‘महेन्द्र कमरेडले मुख्यमन्त्री हुँदा राम्रो काम गर्नुभएको छ । यो पटक उहाँलाई जिताएर पठाउनुस्, क्याबिनेटको मन्त्री बनाएर पठाउँछु ।’

अध्यक्ष प्रचण्डले यो गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेको भन्दै बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह समेत गरे ।

उनले नेकपा एमाले नेतृत्वको गठबन्धन परिवर्तन विरोधी भएको आरोप लगाए । प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले बजेटमा कर्णालीलाई पहिलो प्राथमिकतामा दने पनि आश्वासन दिए । उनले कर्णाली करिडोर लगायतका सडक सञ्जालको स्तरोन्नति गर्ने पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस