भाेट माग्न जाँदा चुनावी सभामै कुटिए विरोध खतिवडा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भाेट माग्न जाँदा चुनावी सभामै कुटिए विरोध खतिवडा


२२ कार्तिक २०७९, मंगलबार


हेटौँडा । मकवानपुर-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभा स्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै हेटौँडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए ।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको प्रहरीले जानकारी दियो । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस