ओलीले जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम गर्नुभयो : शिक्षामन्त्री पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओलीले जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम गर्नुभयो : शिक्षामन्त्री पौडेल


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयलाई अपहेलना गरेको आरोप लगाएका छन्।

मंगलबार ताराखोला गाउँपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदालतको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अपहेलना गरेको आरोप लगाएका हुन्।

‘जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ’, उनले भने, ‘यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो।’

मन्त्री पौडेलले संविधानमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिइएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस