सामान्य अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सामान्य अङ्कले बढ्यो नेप्से


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आज साताको तेस्रो कारोबार दिन मङ्गलवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अङ्क बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ६.४३ अङ्क घटेर १९५८.९४ विन्दुमा बन्द भएको नेप्से आज सोही सेसनमा ०.२८ अङ्क बढेर १९५९.२१ विन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इन्डेक्स ०.०८ अङ्क बढेको हो ।

आज प्रि–ओपन सेसनमा ७ स्टकको ९४ हजार ९४२ रुपैयाँ बराबरको ७० कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ ।

यसैगरी, आज बाँकी २ स्टकको सेयर मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस