एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ ।

केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार-प्रसारलगायत सम्पूर्ण कामको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टीका महासचिव डा. वेदुराम भुसालले जानकारी दिए ।

उनका अनुसार जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका केही नेताहरूले पार्टीको हितविपरीत कार्य गरेकाले पाँच नेतालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । कारबाहीमा परेका नेताहरूमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाय, रतनबहादुर रोकाय र धर्मराज बराल छन् ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनबाहेकका अन्य दलका नेतालाई सहयोग गरेकाले उनीहरुलाई निष्काशन गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस