उपल्लो डोल्पामा कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाउन माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपल्लो डोल्पामा कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाउन माग


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । हिमपातका कारण उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री हेलिकोप्टरमार्फत पठाउन निर्वाचन आयोगसँग अनुमति माग गरिएको छ ।

कात्तिकसँगै धो, तीन्जे, साल्दाङ्ग, छार्कामा पर्ने मतदान केन्द्रसम्म पुग्ने बाटोघाटो हिउँले पुरिएपछि निर्वाचन अधिकृतको कार्यालय डोल्पाले विकल्प खोजेको छ ।

सदरमुकाम दुनैबाट तीनदेखि सात दिनसम्मको दूरी उपल्लो डोल्पाका तीन वटा स्थानीय तहमा २२ वटा मतदान केन्द्र छन् । भौगोलिक रूपमा विकट र हिमपातका कारण शे–फोक्सुन्डो,डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाउन समस्या भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ ।

हिउँद लागेसँगै उपल्लो डोल्पामा दैनिक जसो हिमपात भइरहेको छ भने न्यूनतम तापक्रम माइनसमा झरेको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयले बताए ।

अब कर्मचारी र निर्वाचन सामग्री हेलिकप्टमार्फत् पठाउनुको विकल्प नरहेको बताइएको छ । उपल्लो डोल्पामा पर्ने १५ वटा स्थानमा हेलिकोप्टर प्रयोगका लागि आयोगलाई भनिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस