प्रधानमन्त्री कप क्रिकेट : कर्णालीद्वारा सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीद्वारा सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो ।

कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन । त्यसै गरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी एक्लैले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै गजेन्द्र बोहोराले दुई विकेट लिँदा मिलन बोहोराले एक विकेट झारे । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस