२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैले गोरखा-२ रोजेपछि धेरैलाई ठुलै ‘सर्प्राइज’ भयो : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले गोरखा रोजेपछि षड्न्त्र गर्नेहरू रनभुल्लमा परेको बताएका छन्।

खुमलटारस्थित निवासमा वाम-लोकतान्त्रिक खेमाका बुद्धिजीवीहरूसँगको कुराकानीमा प्रचण्डले देशव्यापी चुनाव प्रचारका लागि सहज होस् भनेर आफूले गोरखा-२ रोजेको उनले बताए। तर, आफूले गोरखा निर्वाचन क्षेत्र रोजेपछि षड्यन्त्र गर्न खोज्नेहरू रनभुल्लमा परेको उनको भनाइ थियो।

उनले भने, ‘देशव्यापी रूपमा प्रचार गर्न सहज होस् भनेर गोरखा-२ गएको हुँ, यसलाई मैले सामान्य रूपमा नै लिएको थिएँ । तर, कतिपयका लागि यो निर्णय ठुलै ‘सर्प्राइज’ भएछ। त्यसपछि षडयन्त्र गर्नेहरू के गर्ने, कसो गर्ने भन्ने रनभुल्लमा परेका छन्।’

चितवन-३ मा विजयी हुने स्थिति भए पनि गोर्खा जाँदा देशव्यापी चुनाव प्रचारका लागि समय निकाल्न सकिने भएकाले गोरख-२ छनोट गरेको बताए।

यसपटक पनि चितव-३ बाट विजय हासिल गर्ने भए पनि अलि बढी मिहिनेत गर्नु पर्ने भएकाले उनले गोरखा रोजेको बताए। उनले भने, ‘आफ्नो निर्वाचन क्षेत्रमा बढी खटिँदा देशव्यापी प्रचार अभियानका लागि समय निकाल्न कठिन हुने भएकाले गोरखा गएको हुँ।’

चितवन-३ मा प्रतिस्पर्धा गरेको भए एमाले, राप्रपा, नेपाली काँग्रेसको एउटा समूहबिच तालमेल हुने सम्भावना रहेको र यसका बाबजुद पनि विजय हासिल हुनेमा आफू विश्वस्त रहेको भए पनि गोरखा जोजेको उनले बताए।

‘एक जना विरुद्ध सबै शक्ति एकजुट भएपछि प्रतिस्पर्धा अलिक जटिल त हुने नै भयो। तर, तीव्र प्रतिस्पर्धाका बिच मैले नै जित निकाल्थेँ । गठबन्धनको एक प्रमुख नेता र पार्टी अध्यक्षको हैसियतले अन्य क्षेत्रमा पनि चुनाव प्रचार गर्न जानुपर्‍यो नि ! त्यसैले ‘पोलिटिकल मोविलाइजेसन’ का लागि पनि गोर्खा-२ रोजेँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस