कैलालीमा ट्रकले ठक्कर दिंदा मोटरसाइललाई चालकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कैलालीमा ट्रकले ठक्कर दिंदा मोटरसाइललाई चालकको मृत्यु


२१ कार्तिक २०७९, सोमबार


धनगढी । कैलालीमा ट्रकले मोटरसाइललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा ना२ख १३८१ नम्बरको ट्रकले बा८६प ३४८७ को मोटरसाइकललाई ठक्कर दिंदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाअनुसार दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका-६ बस्ने २१ वर्षीय अविशेक चौधरीको मृत्यु भएको हो भने पछाडि सवार धिरेन्द्र चौधरी समान्य घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस